
काठमाडौँ । आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ ।
गाई हिन्दु धर्मावलम्बीका लागि पवित्र जनावर मानिन्छ । यसर्थ गाईलाई पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चलिआएको हो ।
गाईलाई गौमाता पनि भन्ने गरिन्छ । गाईको दूध आमाको दूध जस्तै पोषिलो हुने भएकाले गाईलाई गौमाता भनिएको हो । गाईको दूधका साथै गाईको गहुँत र गोबर पनि पवित्र मानिन्छ ।
आज गाईलाई पूजा गरी मीठा परिकारहरु खान दिइन्छ । कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने चलन भएपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्