१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१६ औँ योजनाका लागि आयोग तयारी गर्दै


0
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा सुझाव संकलन गरिरहेको छ ।

१६ योजनाको तयारीमा जुटेको आयोगले पहिलो पटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।

यसै सिलसिलामा आयोगकी सदस्य डा. अनिता शाह ढुंगाना आयोगको नेतृत्व गर्दै सुदुरपश्चिम प्रदेश पुगेकी थिइन् ।

कार्यक्रममा सुदुरपश्चिमका मूख्यमन्त्री तथा सबैमन्त्रीहरु सहभागी भएका थिए । दुई दिनसम्म चलेको छलफलमा सुझाव दिने धेरैले संघीयताको मर्म अनुसार १६औँ योजना बनाउनु पर्नेमा जोड दिएका छन् ।

आयोग सदस्य डा. शाहले आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर यथार्थपरक योजना बनाउने बताउनुभयो । तलबाट वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएकाले तलसम्म सुझाव लिन पुगेको उहाँले उल्लेख गर्नुभयो ।

आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो । कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ ।