९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


टिकटक बन्द गर्ने सरकारको निर्णय अनुचित : शंकर पोखरेल


377
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिकटक बन्द गर्ने सरकारको निर्णय उचित नभएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत पोखरेलले नियमनकारी कानून बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्दगर्ने कुरा उचित नभएको बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ –’अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’ यसैगरी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि टिकटक प्रतिबन्धको विरोध गर्दै कुनै पनि प्लेटफर्ममाथि प्रतिबन्ध समस्याको समाधान होइन भन्नुभएको छ ।