९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नुहुँदैन : प्रधानमन्त्री दाहाल


52
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु नहुने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल संवत ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको काम साह्रानिय रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल संवत राष्ट्रिय संवत भएकाले सबै मिलेर मनानुपर्ने बताउनुभयो । उहाँले नेपाल संवतलाई राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गरिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले देशको मौलिकता र संस्कृतिलाई अघि बढाउँदै लैजानुपर्ने बताउनुभयो ।