२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरू हातबाट टीका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।