१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


विश्वकप क्रिकेटको सेमिफाइनलमा आज भारत र न्यूजिल्याण्ड भिड्ने


0
Shares

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ ।

आज हुने पहिलो सेमिफाइनल खेलमा आयोजक भारतले न्यूजिल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुनेछ ।

आईसीसी प्रतियोगितामा अहिलेसम्म भारत र न्युजिल्याण्डबीच १० खेल भएका छन् । जसमध्ये पाँच खेलमा न्युजिल्याण्ड र ४ खेलमा भारत विजयी हुँदा १ खेल रद्द भएको छ । जारी विश्वकपको लिग चरणमा भारतले न्यूजिल्याण्डलाई हराएको थियो ।

न्युजिल्याण्डविरुद्धको सेमिफाइनल भारतका लागि इंग्ल्याण्डमा सन् २०१९ को विश्वकपको सेमिफाइनलमा भएको हारको बदला लिने मौकाका रूपमा पनि छ ।

समुह चरणका लगातार ९ खेल जितेको भारत उच्च लयमा छ । न्युजिल्याण्डले भने लिग चरणमा पाँच खेलमा जित र चारमा हार व्यहोरेको थियो ।

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा भोलि अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् ।