२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रपति पौडेलले बहिनीहरु शारदा र चन्दाको हातबाट लगाउनुभयो तिहारको टीका


481
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरु शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएको छ ।

राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा बहिनीद्वय शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।