१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बालगोपालेश्वर मन्दिरमा भाईटीका (तस्बिरहरु)


195
Shares

काठमाडौं । वर्षको एक दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा भाईटीकाका लगाउनेको भीड रहेको छ ।

बुधबार यमपञ्चकको अन्तिम दिन भाईटीका लगाइने परम्परा अनुसार आज बालगोपालेश्वरमा भाईटीका लगाउनेहरुको भीड रहेको हो ।

आफ्नो दाजुभाई तथा दिदिबहिनी नहुनेहरुले आज बालगोपालेश्वरमा गइ भाईटीका लगाउने परम्परा रहेको छ । आज बिहानैदेखि बालगोपालेश्वरमा तिहारमा भाईटीका लगाइ आशिर्वाद दिने र लिनेहरुको भीड लागेको छ । भाईटीका थाप्न पुग्नुभएका खेम ढकालले आफ्नो दिदिसँग टीका लगाउन नमिलेका कारण आफू टीका लगाउन बालगोपालेश्वर पुगेको बताउनुभयो । उहाँले दिदिबहिनीसँगै टीका लगाएको अनुभव आफूलाई भएको बताउनुभयो ।

त्यस्तै, बद्रीनाथ श्रेष्ठले दिदिबहिनी नभएका कारण टीका लगाउन आएको र १० वर्ष यता बालगोपालेश्वरमा आइरहेको बताउनुभयो । त्यस्तै, काशीलाल उपाध्याय बालगोपालेश्वरको दर्शन गर्न आएको बताउनुभयो । उहाँले आफ्नो दिदिबहिनी नभएका कारण मन्दिरमा आइ प्रसादग्रहण गरेको बताउनुभयो । त्यस्तै , ाजेन्द्र खड्गीले दिदिहरु बितिसकेकाले बालगोपालेश्वरमा टीका लगाउन आएको बताउनुभयो । उहाँले आफ्नो संस्कृति र परम्परा बचाउनुपर्ने र यसरी टीका लगाउन पाउँदा खुशी लागेको बताउनुभयो ।

कीर्तिपुरका राम महर्जनले आफू सानै बेलादेखि टीका लगाउने गरेको र सोहीअनुसार मन्दिरको दर्शन गर्न आएको र टीका पनि लगाएको बताउनुभयो । त्यस्तै बालगोपालेश्वरमा १० वर्ष यता टीका लगाइदिँदै आउनुभएकी सञ्जु महर्जनले टीका लगाउन पाउँदा खुशी लागेको बताउनुभयो । दाजुभाईबाट आशिष पाउँदा खुशी लाग्ने बताउनुभयो । त्यस्तै, टीका लगाइदिन बालगोपालेश्वर आउनुभएकी धनमाया श्रेष्ठले विगत तीन वर्ष यता टीका लगाइदिँदै आएको बताउनुभयो । उहाँले दाजुभाईहरुलाई टीका लगाइदिन पाउँदा खुशी लाग्ने गरेको बताउनु भयो । त्यस्तै पहिलो पटक आउनुभएकी मंगली श्रेष्ठले आफ्ना दाजुभाई नभएका कारण बालगोपालेश्वरमा टीका लगाइदिन आएको बताउनुभयो ।

बालगोपालेश्वरमा बिहानैदेखि दर्शनार्थीको भीड रहेको छ ।