
फाइल तस्बिर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चीनबाट स्वदेश फर्कनुभएको छ ।
दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा प्रतिनिधिमण्डल चीनको खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो ।
सेयरिङ द अचिभमेन्ट अफ द बिआरआईकार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो ।
भ्रमणका क्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्