६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जनकपुरमा छठको तयारी सुरु


0
Shares

काठमाडौं । दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी सुरु भएको छ ।

छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।

कतिपय पोखरीका घाटमा सरसफाई पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा. राजेन्द्र बिमलले बताउनुभयो । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीय प्रमेश्वर साहले बताउनुभयो । यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ ।

अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्दछन् ।