
काठमाडौं । चार देश सम्मिलित महिला टि–ट्वेन्टी आई क्रिकेट श्रृंखलाको दोस्रो खेलमा आज नेपालले आयोजक हङकङसँग खेल्नेछ ।
यो खेल हङकङमा बिहान पौने १२ बजे सुरु हुनेछ । हिजोको खेलमा जापानलाई ९ विकेटले हराएको हङकङ आज नेपाल विरुद्ध पनि सोही लय कायम राख्न चाहन्छ । पहिलो खेलमा तान्जानियासँग पराजित भएको नेपाल भने आज श्रृंखलामा पहिलो जितको खोजीमा रहेको छ ।
हिजो भएको खेलमा नेपाललाई तान्जानियाले २७ रनले हराएको हो । खेलमा टस जितेर पहिले व्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो ।
जवाफमा ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ५ बलमा अलआउट हुनुपूर्व ८८ रन मात्रै बनाउन सक्यो । श्रृंखलामा आयोजक हङकङ, नेपाल, जापान र तान्जानिया सहभागि छन् ।
प्रतिक्रिया दिनुहोस्