
काठमाडौं । नगरमण्डव श्रीकीर्ति विहार कीर्तिपुरमा बिहीबार महान कथिन चिवर दान सम्पन्न गरिएको छ ।
श्रद्धेय भिक्षु नन्द महास्थविर, भिक्षु डाक्टर.चन्द्रकीर्ति महास्थविर, भिक्षु तिस्स स्थविर, भिक्षु फ्रा सुचिन वरधम्मो स्थविर, भिक्षु खिम् सूदन्तो स्थविरले ३ महिनासम्म नियमपूर्वक वर्षावास पुरा गरेको अवसरमा महान कथीनोत्सव श्रद्धेय भिक्षु महासंघलाई चिवरदान गरिएको हो ।
थाईल्याण्डका थेफ् स्रिरिनथरावत् र बैकंकका बिहारप्रमुख सोमदेत फ्रा धीर ञाणमुनीले भिक्षु महासंघलाई चिबर दान गर्नुभएको हो ।
कार्यक्रममा थाईल्याण्ड र नेपालका सबै बिहारका भिक्षु तथा जनमानसको उपस्थिीति रहेको थियो । बुद्धको उपदेश अनुसार भिक्षुगणले बाटोमा हिड्दा कीरा पनि नमरोस् भनि हिडडुल नगरी एकै स्थानमा बास बस्ने परम्परा भएकोले निकै महत्वपूर्णका साथ यो उत्सव मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्