२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भूकम्प पीडितलाई इयूको २८ करोड सहयोग


0
Shares

काठमाडौं । युरोपेली संघ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपियाँ प्रदान गर्ने भएको छ ।

इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित युरोपेली संघको प्रतिनिधिमण्डलले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्ने छ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो ।