१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


जनताको मुख थुनेर सत्ता टिक्दैन : विप्लव


429
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले जनताको मुख थुनेर सत्ता नटिक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताउनुभएको हो । उहाँले सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभयो ।

महासचिव चन्दले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताउनुभयो । उहाँले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताउनुभयो । उहाँले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताउनुभयो ।

महासचिव चन्दले देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने दाबी गर्नुभयो । उहाँले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताउनुभयो । उहाँले सम्पूर्ण कम्युनिष्टहरु एक ठाउँमा उभनुपर्ने बताउनुभयो ।