२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जनकपुरमा छठको रौनक (तस्बिरहरु)


351
Shares

काठमाडौं । सूर्यको आराधना, उपासना र पूजा गरी आइतबार छठ पर्व मनाइँदै छ ।

आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व मनाइन्छ । छठ पर्वका लागि जनकपुरमा तयारी पूरा गरेका छन् ।

आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिन जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायत जलासय किनारमा बनाइएका छठ घाटमा पूजा सामाग्री सहित भक्तजन पुगेका छन् । पूजा सामग्रीहरुले पोखरी किनार भरिएका छन् ।

छठ घाट विशेषरूपमा सजाइएको छ । श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ ब्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ ।

छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यदेवलाई चढाउँछन् । भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पूजा सम्पन्न हुन्छ । ब्रतालुहरु छठको पूजा गर्दा मनोकांक्षा पूरा हुने बताउँछन् ।

नरिवल, केरा, ठेकुवा लगायतका फलफूल र मिष्ठान्नद्वारा सूर्यदेवको पूजा गरिने बताए । मनमा लिएकोस संकल्प पूरा गर्न र परिवारको कल्याण, रोगको निवारणका लागि सूर्यदेवको पूजा गर्ने गरेको उनीहरुको भनाइ छ ।

छठको ब्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ । परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।