
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको छ ।
लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा सडक बनाएर डाँडाँमा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवद्र्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताउनुभयो । उहाँले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने बताउनुभयो ।
त्यस्तै, लुम्बिनी केबलकारका अप्रेशन म्यानेजर डिएन कायस्थले दशैं तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताउनुभयो । निर्देशक घिसिङले आफूहरुले अपेक्षा गरेअनुसारकै पर्यटकहरु आएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी केब्ुलकारको टिकट महंगो नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्