
प्रतीकात्मक ।
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
घर नजिकको पोखरीमा छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी भुवनेश्वर साहका २२ वर्षीय छोरा सन्तोष साहको मृत्यु भएको हो ।
बिहान ११ बजेतिर युवकलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत हेल्थ केयर बयलवास ल्याइएकोमा अस्पतालले युवकलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगञ्जक प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारका अनुसार युवक केही सातापछि अष्टे«लिया जाने तयारीमा रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्