
उदयपुर । उदयपुरम पनि हजारौं भक्तजनहरुले सामुहिक रुपमा पूजा आराधना गरी छठ पर्व मनाएका छन् ।
उदयपुरको सदरमुकाम गाईघाट, बेलका, चौदण्डिगढी, कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी गाउँपालिकाका नदी तलाउमा हर्सोल्लासका साथ पूजाआरधना गर्दै छठ पर्व मनाइएको हो। विगत वर्षभन्दा यसपटक छठको रौनक र भक्तजनको संख्या बढेको पूजा व्यवस्थापन समितिले जनाएको छ ।
छठ पूजा व्यवस्थापन समितिले भक्तजनलाई सुविधा र सहज पूजा-आराधना गराउन पोखरी, नदी, खोला र खहरेमा व्यवस्थित रूपमा घाट निर्माण गरेका छन् । पछिल्लो समय छठ पूजामा पहाडी, नेवार समुदायको समेत उल्लेख्य सहभागिता हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्