२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इलाममा बस दुर्घटना, ३६ जना घाइते


3.133k
Shares

इलाम । इलाममा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका हुन् ।

११–१२ वर्षको देखिने एक बालकको अहिले पनि रुखमा अड्किएको अवस्थामा रहेको र उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा अर्याल चोक नजिकै राजमार्गबाट खसेर दुर्घटना भएको हो ।

बसमा सवार ३७ मध्ये सबैजसो यात्रु घाइते भएको अनुमान गरिएको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।

केहीलाई उद्धार गरी उपचारका लागि झलागीलगिएको छ ।