
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २४० रन बनाएर अलआउट भयो ।
भारतका केएल राहुलले सर्वाधिक ६६ रन बनाए यस्तै विराट कोहलीले, कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ तथा कुलदीप यादवले १० रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
अष्ट्रेलियाका मिचेल स्टार्सले ३, जोस हेजलउड र प्याट कमिन्सले २–२ तथा ग्लेन म्याक्सवेल र एडम जम्पाले एक–एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्