
काठमाडौं । सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिएको छ ।
नदी, तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । आइतबार व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए ।
काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, गौरीघाट लगायतका पोखरी तथा तलाउ, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।
यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुइँचो लागेको थियो । यसैगरि तराईका विभिन्न स्थानका साथै पहाडी जिल्लाहरुमा समेत छठको उत्तिकै रमझम रहेको थियो ।
काठमाडौं लगायतका विभिन्न स्थानमा उदाउँदो सूर्यलाई व्रतालुले अर्घ्य दिँदाका तस्बिरहरु :







प्रतिक्रिया दिनुहोस्