
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित एक जना भारतीय महिला पक्राउ परेकी छन् ।
इथोपियाबाट दोहाबाट काठमाडौं भारत मिजोरमकी ३२ वर्षीया किमरो साँगी पक्राउ परेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान १० बजेतिर पक्राउ परेकी उनीबाट एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
काठमाडौंबाट उनी भुटान जाने तयारीमा रहेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्