
काठमाडौं । तिहारको तथा छठको १० दिन लामो बिदापछि सोमबार खुलेको शेयर बजारमा पनि लगानीकर्ताको उत्साह देखिएन ।
उतारचढावकाबीच बजार परिसूचक नेप्से एक अंकले मात्रै बढेर बन्द भएको छ ।
अधिकांश उपसुचक हरियो रहेको बजारमा विकास बैक र व्यापार समूहमा १ प्रतिशतको बृद्धि आउदा होटल तथा पर्यटन, उत्पादन र लघुवित्त समूह १ प्रतिशत बढीले ओरालो लागेका छन् ।
अरु समूहमा सामान्य अंकको वृृद्धि आयो । सोमबार २ सय ८४ कम्पनीको ३३ लाख कित्ता शेयर १ अर्ब ९ करोडमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ । सोमबार १ सय १९ कम्पनीको मूल्य बढ्दा १ सय १३ कम्पनीको मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्