
काठमाडौं । जलवायु परिवर्तनले थपिँदै गएको संकट समाधानको विषयमा सरकारलाई सुझाव दिने उद्देश्यले राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रम सहभागी सरोकारवाला तथा विज्ञहरुले जलवायु परिवर्तनले नेपालीहरुको जनजीवन तथा प्रकृतिमा परेको असरबारे अनुभव बाँडेका थिए । विकसित राष्ट्रहरुले गरेको कार्वन उत्सर्जनका कारण नेपाल जस्ता मुलुकहरुले समस्या भोग्नु परेकाले त्यस वापतको क्षतिपूर्तिका लागि नेपालले आवाज उठाउनु पर्नेमा पनि उनीहरुको जोड थियो ।
यही महिना युएइको दुबइमा हुने विश्व जलवायु परिवर्तन सम्मेलन कोप-२८ मा सरकारले उठाउन पर्ने मुद्दा बारेमा पनि कार्यक्रमका सहभागीहरुले सुझाव दिएका थिए । कार्यक्रममा जलवायु परिवर्तनले पार्ने समस्यामा आधारित बृतचित्र पनि प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्