
काठमाडौं । फिफा विश्वकप फुटबल छनोट चरणको खेलमा नेपालले मंगलवार यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ७ बजे सुरु हुनेछ ।
अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई यो खेल जित्नै पर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहेको छ भने नेपाल १७३औं स्थानमा छ ।
विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन छन् ।
नेपालले दोस्रो चरणका पहिलो खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । यस्तै बहराइनसँग २–० गोलले पराजित भएको यमन पनि अंकविहीन छ ।
यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो ।
प्रतिक्रिया दिनुहोस्