
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदको हिउँदे अधिवेशनमा पारित गर्ने बताउनुभएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धि विधेयक र सम्पती शुद्धिकरणसम्बन्धि विधेयक अति आवश्यक भएकाले अब सुरु हुने संसदको हिउँदे अधिवेशनमा त्यसलाई टुंगो लगाउनैपर्ने उहाँको भनाई थियो ।
मंगलबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले १७/१८ वर्षदेखि थाँति रहेको संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित छिटो पारित हनुपर्छ भन्नेमा सरकारलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले सरकारले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन ल्याउने काममा पनि ढिलाई नगर्ने आश्वासन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्