
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धि मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताउनुभएको छ ।
उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा पुर्याउनुपर्ने पनि स्पष्ट पार्नुभयो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटो भन्दा छिटो टुंगोमा पुर्याउनु चाहेको बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धि नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिवद्धता, पीडितको सहमती र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुंगो लगाउने काममा ढिलाई गर्न नहुने पनि दोहोर्याउनुभयो ।
उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउँदा दण्डहिनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभुति हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्