२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कामलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री बस्नेत


13
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले शान्ति प्रक्रियाको बाँकि कामलाई निष्कर्षमा पुर्‍याउने कामलाई मुख्य प्राथमिकता दिएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारको पहिलो प्राथमिकता र प्रतिवद्धता शान्ति प्रक्रियाको बाँकि कामलाई निष्कर्षमा पु¥याउनु रहेको बताउनुभएको हो ।

मन्त्री बस्नेतले मुलुकमा पीडित भइराखेकाले सो प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा ढिलाई गर्न नहुने पनि बताउनुभयो । उहाँले सत्यको खोजी मात्रै गरेर बस्दा शान्ति प्रक्रियाको बाँकि बाम टुंग्याउने कुरामा अब पनि धेरै समय बित्ने भएकाले सम्बन्धित सबै पक्षले यसलाई टुंग्याउने गरी बहस र छलफल केन्द्रित गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

मन्त्री बस्नेतले मुलुकलाई द्वन्द्वको घाउबाट पूर्ण रुपमा मुक्त गराउन पनि शान्ति प्रक्रियाको बाँकि कामलाई पूर्णता दिने कामलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।