९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सरकारको काम र गुण पनि नयाँ ढंगबाट अघि बढ्छ : प्रधानमन्त्री दाहाल


91
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै प्रधानमन्त्री दाहालले रकारका कामकारबाही अब ढंगबाट अघि बढाउने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महशुस गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उहाँले अब ताजा भइ काम गर्न पाएको महशुस गरेको बताउनु भयो । नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताउनुभयो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको बताउनुभयो । उहाँले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको बताउनुभयो ।

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सर्नुभएको हो ।