२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पर्यटन ऐन संशोधनको प्रक्रियामा छौं : राज्यमन्त्री सिर्पाली


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरुलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा भिजिट भरतपुर २०२४ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिर्पालीले यस्तो बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्र कच्चा पदार्थ भएकाले यसबाट नेपालले धेरै कुराहरु बनाउन सक्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा पर्यटनका सम्भावनालाई विकासमा जोड्नुपर्ने बताउनुभयो ।

मन्त्री सिर्पालीले नेपालमा पर्यटनको उपलब्धि भनेअनुसार नहुनुमा पर्यटन नीतिहरु पनि कारक रहेको भन्दै अहिले सरकारले पर्यटन नीति संशोधन गरिरहेको बताउनुभयो । उहाँले पर्यटकहरुलाई नेपालमा ल्याएर धरै दिन कसरी राख्ने र के देखउने भन्नेबारेमा छुट्टै तालिका बनाउन जरुरी रहेको बताउनुभयो ।

राज्यमन्त्री सिर्पालीले प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकहरुलाई एउटा सर्किटमा विकास गरेर पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो ।