
काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज (बुधबार) पनि सुनुवाई हुन सकेन ।
न्यायाधीश नहकुल सुवेदीको ईजलासमा पेसी तोकिए पनि उक्त रिट निवेदन हेर्न नभ्याईनेमा परेको हो ।
माइतीघर तथा आसपासका क्षेत्रमा विरोध प्रदर्शन गर्न नदिने उद्देश्यले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए ।
गृहमन्त्रालय, जिल्ला प्रशाशन कार्यलय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दर्ता गरिएको रिट निवेदनमा उत्प्रेषण परमादेश माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्