
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरेको जानकारी दिनुभयो ।
यसअघि एक जना प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो । यस्तै, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।
आयोगले २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखको नयाँ मतभार कायम भएको जनाएको छ । आगामी माघ ११ गतेभित्र राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन गर्ने तयारी आयोगले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्