२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एक सयदेखि तीन सयसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाई हुन्छ : स्वास्थ्यमन्त्री


260
Shares

काठमाडौं । सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित निकायसँग पटकपटक छलफल गरेपछि आफूले सो नीतिगत निर्णय लिएको उहाँको भनाई थियो । मन्त्री बस्नेतले नेपालमा पढ्न नसक्ने र बाहिर पनि जान नसक्नेहरु डिप्रेशनमा जाने क्रम बढेपछि आफूले चिकित्सा शिक्षा अध्ययनका लागि क्रान्तिकारी रुपान्तरण नै हुनेगरी सो निर्णय लिएको पनि पटकपटक दोहोर्‍याउनुभयो ।

मन्त्री बस्नेतले सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित अस्पतालहरुसँग सुझाव लिने काम सुरु गरिएको बताउनुभयो । उहाँले ३ सय भन्दा बढि बेड भएका सरकारी अस्पतालहरुमा भने एमबीबीएसको पनि पठनपाठन हुने गरी सम्बन्धित निकायसँग छलफल गरिएको पनि बताउनुभयो । त्यस अवसरमा मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधारको काम गरेको र त्यसका लागि बजेटको अभाव हुन नदिने दाबी समेत गर्नुभयो ।