
काठमाडौं । सिरहामा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुवै मोटरसाइकलका चालकले हेलमेट नलगाएर मोटरसाइकल चलाएको बताइएको छ । दुर्घटनामा घाइते भएका १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि विराटनगर लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्