२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धनगढीमा अनलाइनबाट ठगी गर्ने ९ जना पक्राउ


728
Shares

कैलाली । धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका–५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनारसमेतले अवैध रुपमा सञ्चालन गरेको आई.टी सेन्टरबाट ८ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा डोटीको सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित कुमार, भारतको उत्तमनगर दिल्ली बस्ने २६ वर्षका कुनाल शर्मा, भारतकै करोलबाग दिल्लीका वर्ष २४ का निखिल कुमार रहेका छन् ।

यस्तै भारतको दिल्लीका १९ वर्षीय प्रियंसु टापु, कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, २८ वर्षका कमल सुनार र २२ वर्षीय जयराम सुनार रहेको प्रहरी नायव उपरिक्षक चन्दले बताउनुभयो ।

उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ्, बिमा दुर्घट्नालगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरिकलाई अनलाइनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।