
काठमाडौं । नेपाल सुपर लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
दशरथ रंगशालामा हुने प्रतियोगितामा नौं वटा फ्रेन्चाइज टोलीहरुले भाग लिदैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
प्रतियोगिताको पहिलो संस्करण कोभिड महामारीको बेलामा बन्द रंगशालामा गरिएको थियो ।
यसपटकको प्रतियोगितामा पहिलो संस्करणका ७ मध्ये ६ टोली साविक विजेता काठमाडौं रेजर्ससँगै साविक उपविजेता धनगढी एफ.सी, ललितपुर सिटी, पोखरा थन्डर्स, एफ.सी चितवन र बुटवल लुम्बिनी एफ.सी सहभागी छन् ।
तीन वटा नयाँ टोली झापा एफ.सी, स्पोर्टीङ इलाम डे मेची र वीरगंज युनाइटेड पहिलो पटक प्रतियोगितामा सहभागी हुँदा अघिल्लो सिजन खेलेको बिराटनगर एफ.सी भने बाहिरिएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा भोलि साविक विजेता काठमाडौं रेजर्सले नयाँ टोली इलामको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्