
काठमाडौं । मोरङको उर्लाबारीमा आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार राति एक जना र आज बिहान थप दुई जनाको मृत्यु भएको हो ।
आज बिहान साढे ६ बजे कुमार तामाङ र बुधवार राति हेमकुमार दाहालको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । यसअघि आगलागीमा परेर तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको छ ।
गत कात्तिक २६ गते (लक्ष्मीपूजाको राति) उर्लाबारी –७ इटहरा रोडमा दीपक कार्कीको सुन पसलमा आगलागी हुँदा आगो निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए ।
आगलागीमा परेका २२ जना घाइतेहरूको अहिले कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये ६ जनाको आइसीयूमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्