
काठमाडौं । आज हरिबोधिनी एकादशीका दिन तुलसी र दामोदरको विवाह गरी मनाइँदै छ ।
चार महिनासम्म भगवान विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दे आएकोमा आज भने तुलसी र दामोदरको विवाह गरिन्छ ।
आषाढ शुक्ल एकादशी अर्था् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।
आज काठमाडौंको चाँगुनारायण, बुढानीलकण्ठ लगायत भगवान श्री विष्णुको मन्दिरमा विशेष मेला लाग्छ ।
आज चाँगुनारायणमा पनि हरिबोधिनी एकादशीको अवसरमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्