५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


प्रसाईं समूहको प्रदर्शन (तस्बिरसहित)


13.689k
Shares

काठमाडौं । बिहीबार काठमाडौँका अलग–अलग स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रदर्शन गरिरहेका छन् ।

जसअनुसार युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्दैछन् । बल्खुमा हुने कार्यक्रममा अभियन्ता प्रसाईंलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदर्शन अनियन्त्रित हुन नदिन उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । संभावित जोखिमलाई मध्यनजगर गरी उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना लागू गरेको छ ।

यसैबीच, बल्खु चोकमा दुईपक्षबीच ढुंगामुढा भएको थियो । प्रदर्शनकालागि जम्मा भएका व्यक्तिले एक्कासी ढुंगामुढा गरेपछि ढुंगा हानाहान भएका थियो । अहिले सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेका छन् । बल्खु प्रदर्शनका केही तस्बिरहरु ः