६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिरहरु)


2.106k
Shares

काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीहरु सिंहदरबारतर्फ जाने भन्दै अघि बढेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने केही राउण्ड हवाइ फायर पनि गरेको छ । साथै पानीको फोहोरा पनि प्रयोग गरिएको छ ।

प्रहरीले हानेको अश्रुग्यासबाट बयोदा अस्पतालका बिरामी समेत प्रभावित भएका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । बल्खु क्षेत्र पुरै तनावग्रस्त बनेको छ ।