८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शेयर बजारमा सामान्य वृद्धि


169
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य अंकले बढेको छ ।

बुधबार दोहोरो अंकले वृद्धि भएको बजार परिसूचक नेप्से आज ९ अंकले वृद्धि भएर १८ सय ६० अंकमा बन्द भएको हो ।

बिहीबार ६७ कम्पनीको शेयर मूल्य घट्दा १ सय ६१ वटा कम्पनीको मूल्य बढेको छ । बिहीबार ३ वटा उपसमूह घट्दा बाँकी सबै उपसमूहमा हरियाली छायो । बिहीबार सबैभन्दा धेरै जीवन बीमा उपसमूह ३ प्रतिशतले उकालो लाग्दा विकासबैंक, वित्त, जलविद्युत, निर्जीवन बीमा र व्यापार समूहमा १ प्रतिशतको वृद्धि भयो ।

बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूह भने बिहीबार घटेका छन् । बिहीबार २ सय ९२ कम्पनीको ४४ लाख कित्ता शेयर १ अर्ब ३४ करोडमा खरीदबिक्रि भएको छ । बिहीबार बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्यो भने थ्रिस्टार हाइड्रोपावर, सिकलेस हाइडेपावरको शेयरमूल्य ८ प्रतिशतले वृद्धि भएको छ ।

नविल बैंकको शेयर मूल्य सर्वाधिक ८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा भने सर्वाधिक नविल बैंकको १३ करोड रुपैयाँको कारोबार भएको छ ।