७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीबाट गाई गोरुको तस्करी


598
Shares

सिन्धुली । हिउँद शुरु भएसंगै सिन्धुलीलाई ट्रान्जिट प्वाईण्ट बनाएर पहाडी जिल्लाहरुबाट गाई गोरुको अवैध तस्करी शुरु भएको छ ।

सिन्धुली जिल्लाको तराई, मधेश र पहाडका विभिन्न जिल्लाहरुसँग सिमाना जोडिएकाले तस्करहरुलाई गाई गोरुको लुकीछिपी चोरी निकासी गरी भारतीय सीमासम्म पु¥याउन सजिलो भएको छ ।

उनीहरुले विभिन्न जिल्लाका ग्रामीण बस्तीहरुबाट बुढा गाई, गोरु र बाच्छा बाच्छीहरु समेत सस्तो मूल्यमा खरिद गरि सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर भारततर्फ पठाउँदै आएका छन् ।

गाई गोरुसगै बाच्छा बाच्छीको समेत अवैध तस्करी भएका कारण पहाडी क्षेत्रमा गोरुको अभावमा स्थानीय कृषकलाई खेतीपातीको काममा समस्या भएको छ ।

सिन्धुलीको मरिण क्षेत्र, कमलाखोच क्षेत्र र कमलामाई नगरपालिकाको माईस्थान क्षेत्रबाट गाई गोरुको तस्करी भइरहँदा स्थानीय प्रहरी र प्रशासनले भने कुनै चासो देखाएको छैन ।