६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


धर्मस्थलीमा महिला तथा युवाका लागि क्षमता अभिवृद्धि तालिम


260
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ ।

स्थानीय महिला तथा युवाहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथू नेवाः ग्वहालि पुचःले दाबी गरेको छ ।

उद्घोषण, संस्थागत संरचना सम्बन्धी ज्ञान र सिलसिला मिलाएर आकर्षक ढंगले बोल्ने शैली सिकाउन एक हप्ते तालिम सञ्चालन गरिएको हो ।

तालिम कार्यक्रममा सञ्चारकर्मी केके मानन्धरले सहजिकरण गरिरहेका छन् । तालिम कार्यक्रमलाई उद्घाटन गर्ने क्रममा समाजसेवी श्रीकृष्ण मानन्धरले स्थानीय महिला तथा युवाहरुको सीप, क्षमता र दक्षता अभिवृद्धि गराउनुपर्नेमा जोड दिनुभयो ।

मूर्त र अमूर्त सम्पदालाई परिस्कृत गरी पर्यटनसँग जोडेर स्थानीयको आयआर्जनको माध्यम बनाउनका लागि तालिमले टेवा दिने उहाँको भनाइ थियो ।

त्यस्तै, तालिम कार्यक्रमका संयोजक रविकुमार डंगोलले अन्तर्निहीत क्षमताको विकासले व्यक्तिको वास्तविक पहिचान स्थापित गराउने बताउनुभयो ।

बालाजुमा मंसिर ५ गतेदेखि सञ्चालन भइरहेको तालिम कार्यक्रम मंसिर ११ गते सोमबार समापन हुनेछ । प्रत्येक दिन दुई घण्टा भइरहेको तालिम कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन् ।

समुदायभित्र समस्यामा परेकालाई सामुहिक रूपमा सहयोग गर्ने, स्थानीय भाषा, लिपी, कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनको क्षेत्रमा समूहले काम गर्दै आएको छ ।