१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङको घोराही र रोल्पाको होलेरी जोड्ने शहीद मार्ग जोखिमपूर्ण


260
Shares

रोल्पा (राजेश जीसी) । दाङको घोराही र रोल्पाको होलेरी जोड्ने शहीद मार्ग मर्मत नहुदाँ यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

करिब २८ किलोमिटर सडक केही वर्षअघि कालोपत्रे गरेपनि अहिले खाल्टाखुल्टी मात्रै भेटिन्छन् । जसका कारण घोरोही होलेरी सडकमा यात्रा गर्न निकै कठिन र जोमिखपूर्ण भएको हो ।

जनयुद्धका बेला तत्कालिन नेकपा माओवादी र स्थानीय मिलेर सडकको ट्रयाक खोलिएको थियो । सडक निर्माण भएपछि हौसिएका स्थानीय अहिले निराश भएका छन् । शहीद मार्ग जीर्ण बन्दा पनि सरकारले चासो नदिएको उनीहरु बताउँछन् ।

होलेरी, घोराही जोड्ने शहीद मार्गमा सिमेन्ट कम्पनीका टिपरले क्षमताभन्दा धेरै तौलका चुनढुङ्गा बोक्दा सडक ठाउँ ठाउँमा खाल्टो परेको छ । शहीद मार्ग केन्द्र सरकारको मातहतमा रहेकाले यसको मर्मत र स्तरोन्नतिका लागि जिल्लाका सांसदले भुमिका खेल्नुपर्ने र नेपाल सरकार उत्तरदायी बन्न पर्ने रुन्टीगढी गाउँपालिका रोल्पाका निर्वतमान अध्यक्ष बालाराम बुढाले बताउनुभयो ।

शहीद मार्गको स्तरोन्नतिका लागि रुन्टीगढी गाउँपालिकाले चासो दिएको र यसका लागि पहल सुरु गरेको रुन्टीगढी गाउँपालिका, रोल्पाका अध्यक्ष जनक पुनले बताउनुभयो ।

शहीद मार्ग रोल्पाका साथै रुकुम, सल्यान तथा प्यूठानको स्वर्गद्वारी आउने सडक पनि हो । तर सडक जीर्ण हुदाँ दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ ।

होलेरीको मेरुदण्डको रुपमा रहेको सडक मर्मत तथा स्तरोन्नति गर्न सरकारले अब ढिला गर्नु हुँदैन ।