
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीनकुनेमा हुने आन्दोलनमा आउन प्रहरीले रोकेको छ ।
प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्किन नदिएर उनको भक्तपुरको ठिमीस्थित घरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरेको छ ।
काठमाडौंको बल्खुमा बिहीबार प्रदर्शन गरेका प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए ।
यता, प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति नदिइएको काठमाडौं प्रशासनले यसअघि बताइसकेको छ । प्रसाईं समूहले भने आफ्नो आन्दोलन नरोकिने र अभियानलाई निरन्तरता दिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्