२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्रीबीच भेट


104
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीबीच शिष्टाचार भेट भएको छ ।

नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आउनुभएका अल–मुखैरीले शुक्रवार प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको छ । साथै भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।