
काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रक गणतन्त्रलाई संस्थागत गर्न सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
उपाध्यक्ष शाक्यले संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दलहरु नमिली सुखै नभएको पनि दोहोर्याउनुभयो । ललितपुरमा आयोजित ‘राजनीतिको महिलाकरण’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले समाजवादमा जाने लक्ष्य किटान गरेकाले सबै राजनीतिक दलहरुले संविधानको कार्यान्वयनमा जोड दिएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
उपाध्यक्ष शाक्यले मुलुकलाई समृद्धिको बाटोमा लैजाने कामका लागि महिलाहरुलाई नेतृत्वदायी भुमिकामा पुेर्याउनुपर्ने बताउनुभयो । उपाध्यक्ष शाक्यले सामन्तवादी सोचको अवशेषको रुपमा रहेको पितृसतात्मक सोचलाई अन्त्य गर्न वैचारिक संघर्षलाई तिब्रता दिनुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै एमालेकी स्थायी समिति सदस्य एवं पूर्वसांसद डा. विन्दा पाण्डेले संविधानमा व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सवालमा महिलाहरु आफैँ स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले महिलाहरुले पार्टीबाट प्रतिनिधित्व गरेर गएपनि सबै जनताको प्रतिनिधिको रुपमा आफू रहेको कुरालाई मनन गर्दै सोही अनुसार काम गर्नुपर्ने स्मरण गराउनुभयो । पाण्डेले महिला प्रतिनिधित्वको सवालमा संविधानमा व्यवस्था गरिएका कुरालाई कार्यान्वयनमा लैजाने कुरामा पनि कमी भएको बताउनुभयो ।
पाण्डेले लिंगभेदको अन्त्य गर्ने कामको शुरुवात भने घरैबाट गर्नुपर्ने दोहोेर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्