२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


इजरायलले बन्धक रिहा गरेपछि विश्वभर खुशियाली


2.951k
Shares

एजेन्सी । हमासले इजरायली बन्धकहरूको समूहलाई रिहा गरेपछि ३९ प्यालेस्टाइनी बन्दी रिहा हुँदा प्यालेष्टेनी परिवारमा खुशियाली छाएको छ ।

इजरायल र हमासबीचको बन्धक र कैदी आदानप्रदान गर्ने सम्झौता अनुसार इजरायलले रिहा गरेका कैदीहरु रिहा गरेपछि विश्वका कयौं राष्ट्रहरुमा प्यालेष्टेनीहरुले खुशियालाी मनाएका छन् ।

इजरायले रिहा गरेका कैदीमध्ये २४ महिला र १५ किशोरहरू रहेका छन् । रिहा भएका कैदीहरू ढुंगामुढा गर्नेदेखि हत्या प्रयाससम्मका अभियोगमा पक्राउ परेका हुन् । तीमध्ये केही दोषी ठहर भइसकेका छन् भने केही मुद्दा चलिरहेको छ ।

रिहा गरिएका प्यालेष्टेनीहरुलाई परिवारको जिम्मा लगाइएको छ । इजरायलले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमण पछि ३ हजार प्यालेष्टेनीहरुलाई नियन्त्रणमा लिएर विभिन्न कारागारमा राखिएको थियो ।