
काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आइतबारबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आइतवार र सोमवार गरी दुई दिनसम्म चल्नेछ ।
मंसिर १० र ११ गते हुने दुई दिने सम्मेलनमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि विभिन्न ७ विषयमा बहस हुने तय गरिएको छ ।
सम्मेलनमा बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि, स्तरीय स्वास्थ्य सेवाका लागि गुणस्तरीय शिक्षा विषय तय गरिएको छ ।
यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयनमा चुनौति, सुरक्षित स्वास्थ्य सेवा प्रवाहको सबलीकरण, प्रतिजैविक प्रतिरोध औषधिको उचित प्रयोग तथा समान सेवाका लागि स्वास्थ्य प्रणाली लगायतका विषयमा पनि छलफल हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्