
काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विरोध प्रदर्शन गरेको छ ।
सोमबार व्यवसायी दुर्गा प्रसाईंको नतृत्वको महाअभियानले विरोध प्रदर्शन गरेको हो ।
धर्मगुरुको अगुवाईमा काठमाडौंस्थित गौशालामा आन्दोलन सुरु भएको हो । यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा विरोध प्रदर्शन गर्नुभएको थियो ।
मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहनुभएको छ । गौशालाको मुल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्